सानिमा जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफामा उत्साहजनक सुधार

३० श्रावण २०७९, सोमबार १७:४८

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार इन्स्योरेन्सले बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ ।

चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सानिमा जनरलले १ र्अ ४ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस्तो आम्दानी अघिल्लो आवको तुलनामा ५३.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म इन्स्योरेन्सले ६८ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्दै कम्पनीले कोषहरुको आकार समेत बृद्धि गर्न सफल भएको छ । गत आवको असार मसान्तसम्म बीमाकोषको आकार ७७.१८ प्रतिशतले बढेर कोषमा १६ करोड ४३ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आवमा कम्पनीको बीमाकोषमा ९ करोड २७ लाख रुपैयाँ मात्रै संचित रहेको थियो ।

साथै महाविपत्ती कोषको आकार समेत ११३.४१ प्रतिशत बढेर १ करोड ३७ लाख रुपैयाँ संचित रहेको छ भने जगेडा कोषको आकार ७६.७५ प्रतिशतले बढेर १५ करोड १४ लाख रुपैयाँ संचित रहेको छ ।

कोषको आकार बढाएर कम्पनीले खुद मुनाफामा पनि प्रगति गरेको छ । अघिल्लो आवको यस अवधिसम्म ७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले यस अवधिसम्म १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

समिक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ३८.४१ प्रतिशत बढेको छ भने व्यवस्थापन खर्च ४२.६१ प्रतिशत बढेको छ । साथै खुद दाबी भुक्तानी १२.९६ प्रतिशत बढेको छ । यस अवधिसम्म एक अर्ब चुक्तापुँजी भएको सानिमा जनरल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९५ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*