सानिमा लाइफद्धारा बीमा दाबी भुक्तानी

३० श्रावण २०७९, सोमबार १४:२५

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लम्की उपशाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ भुरुवा निवासी स्वर्गीय पुर्ण खनालको अकस्मात दुर्घटनाभई मुम्बईमा मृत्यु भएपछि उनकी श्रीमति राधिका खनाललाई बीमा बापतको रकम प्रदान गरेको हो ।

इन्स्योरेन्सले एक कार्यक्रमकाबीच स्वर्गीय खनालकी पत्नी राधिका खनाललाई ३ लाख १२ हजार बराबरको चेक रकम हस्तान्तरण गरेको हो । सानिमा लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेशका प्रमुख गणेश प्रसाद उप्रेती र सानिमा लाइफ इन्स्योरेन्स लम्की शाखाका शाखा प्रमुख कमल प्रसाद खनालले चेक रकम हस्तान्तरण उक्त चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा लम्की शाखाका मार्केटिङ अफिसर तिर्थराज जैसी , एजेन्सी म्यानेजर माया कुमारी जोशीको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो । स्वर्गीय खनालले २०७७ असारमा १० हजार ७ सय रुपैयाँ तिरेर सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सानिमा सरल जीवन गराएका थिए । उनको गत वैशाख १९ गते भारतको मुम्बईमा दुर्घटनाम परि मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*