नेपाल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १ अर्ब ५७ करोड माथि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिंकाश सूचकमा सामान्य सुधार देखिएको छ ।
कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार १ दशमलव ४८ प्रतिशत र कुल बीमा शुल्क आर्जन ११ दशमलव २० प्रतिशतले वृद्धि भएको छ ।
यस त्रैमाससम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै खुद बीमाशुल्क आर्जन १ दशमलव ४२ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड रुपैयाँ खुद बीमशुल्क आर्जन बढेको छ।
त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ९ दशमलव ५४ प्रतिशतले घटेर २५ करोडमा कायम भएको छ ।गत अािर्थक बर्षको सोहि अवधिमा कमपनीको खुद बीमा दाबी भुक्तानी २७ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको मुनाफा गत आर्थिक वर्षमा ७ दशमलव ३४ प्रतिशतले बढेर ३२ करोड ८९ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३० करोड ६४ लाख थियो।
कम्पनीको हालको चुक्ता पुँजि १ अर्ब ३७ करोड रुपैयाँ जगेडामा ३९ करोड ४८ लाख रुपैयाँ संचित छ भने बीमा कोषमा १ वर्षको अवधिमा २७ दशमलव ८६ प्रतिशत वृद्धि हुँदै ७३ करोड ३ लाख पुगेको छ। पिई अनुपात १६। ५८, प्रतिशेयर नेटवर्थ १८१।३० र प्रतिशेयर कुल सम्पत्तिको मूलय ३४१। ११ रहेको छ।