मर्जरको प्रकृयामा रहेको प्रभु लाइफको खुद बीमशुल्क आर्जन ६३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

३० श्रावण २०७९, सोमबार ०९:१२

काठमाडौं । मर्जरको प्रकृयामा रहेको प्रभु लाइफले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आज अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको हो ।यस त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ६३ दशमलव ७८ प्रतिशतले बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। गत अािर्थक बर्षको सोहि अवधिमा कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीले बीमा कम्पनीको मेरुदण्ड एव्रं अभिकर्ताको कमिशन ८० प्रतिशतले बढाएको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ४० करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चेको छ। गत आर्थिक क बर्षको सोहि अखधिमा कम्पनीले २२ करोड रुपैयाँ खर्चेको थियो ।

कम्पनीको मुनाफा भने ५७ प्रतिशतले घटेर ७ करोड २६ लाख रुपैयाँमा सिमित भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १७ करोड रुपैयाँ रहेको छ।कम्पनीको जीवन बीमा कोष, जगेडा कोष र महाविपत्ति कोष गरि जम्मा ३ अर्ब ४९ करोड रुपैयाँ रकम संिचित रहेको छ। कमपनीको जम्मा कोष ४८ प्रतिशतले बढेको छ।

कम्पनीले कायम बीमा पोलिसीको दायरा समेत विस्तार गरेको छ । अघिल्लो आर्थिक बर्षमा २ लाख ३१ हजार पोलिसी बिक्रि गरेको कम्पनीलेगत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्मा ३ लाख ४५ हजार रुपैयाँ बीमा पोलिसी कायम गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*