सानिमा लाइफको जीवन बीमा कोषमा तीन अर्ब ३४ करोड, मुनाफासहितका सूचांकमा प्रगति

३० श्रावण २०७९, सोमबार ०८:५४

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको अपरिस्कृत वित्तीय विवरण आज प्रकाशन गरेको छ । नयाँ कम्पनी सानिमा लाइफले जीवन बीमा कोषमा ५९.३१ प्रतिशतको योगदान गर्न सफल हुँदा जीवन बीमा कोषको आकार बढेर दुई अर्ब १० करोडबाट तीन अर्ब ३४ करोड नाघेको छ । नेप्सेमा सूचिकृत सानिमा लाइफको खुद नाफा ५४ प्रतिशतले बृद्धि हुँदा लगानीकर्ताहरुलाई समेत आशा जगाउन सफल भएको छ ।

रिलायन्स लाइफसँग मर्जरमा जाने सम्झौता गरिसकेको सानिमा लाइफले समग्र बीमा कोषको आकार ५९ प्रतिशतले बृद्धि गर्न सफल भई तीन अर्ब ७८ करोड २१ लाख ४१ हजार ८९ रुपैयाँ संचिती गर्न सफल भएको छ । समीक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १९.७० प्रतिशतले बृद्धि भई एक अर्ब ९३ करोडबाट बढेर दुई अर्ब ३१ करोड नाघेको छ ।

 

समीक्षा अवधीमा सानिमा लाइफको खुद दावी भुक्तानी १० करोड १३ लाखबाट बृद्धि भई ४३ करोड ८३ लाख नौ हजार ३५५ रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको व्यवस्थापन सही निर्णयका कारण कर्जा लगानी, अन्य लगानी, बीमालेख धितोकर्जा बापतको आम्दानी ७२.४३ प्रतिशतले बृद्धि भई २२ करोडबाट ३७ करोड ९३ लाख ३६ हजार १०५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, व्यवस्थापन खर्च सामान्य मात्रै बृद्धि भई ३९ करोड ५८ लाख ३१ हजार ४९६ रुपैयाँ पुगेको छ । सानिमा लाइफले आफ्ना अभिकर्ताहरुलाई वितरण गर्ने कमिशनमा १०.७३ प्रतिशतले बृद्धि भई ३४ करोड रुपैयाँबाट ३८ करोड १६ लाख ८३ हजार २९७ रुपैयाँ पुगेको छ ।

गत आवको बार्षिक वित्तीय विवरण अनुसार सानिमा लाइफको खुद नाफा ५४.८२ प्रतिशतले बृद्धि भई १० करोडबाट १५ करोड ९१ लाख १३ हजार ९८९ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
समीक्षा अवधीमा सानिमा लाइफको कूल कायम बीमा पोलिसी संख्या ५२ हजार २०८ वटा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७.९५, मूल्य आम्दानी अनुपात ४३.४७, प्रतिशेयर नेटवर्थ १२१.६७ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३०५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*