महालक्ष्मी लाइफको सबै सूचांकमा प्रगति, जीवन बीमा कोष ५८% ले बृद्धि

३० श्रावण २०७९, सोमबार ०८:३४

काठमाडौं । कम्पनीले आज प्रकाशन गरेको गत आवको बार्षिक वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा ५८.०८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । २०७५ साल माघबाट बीमा सेवा सुरु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले सबै सूचांकमा प्रगति गर्न सफल भएको छ । छोटो अवधीमा नै कम्पनीले दुई अर्ब १२ करोड २९ लाख ९९ हजार १४१ रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा ५८.०८ प्रतिशतले बृद्धि हो । कम्पनीको समग्र कोषको आकार ५७ प्रतिशतले बृद्धि भई दुई अर्ब ४२ करोड नाघेको छ ।

महालक्ष्मी लाइफले समग्र बीमा व्यवसाय ४१.९५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । अघिल्लो आवमा एक अर्ब आठ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले गत आवको अन्त्यसम्ममा एक अर्ब ५३ करोड ४६ लाख ५९ हजार ९१० रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको कर्जा लगानी तथा अन्य लगानीबाट प्राप्त आम्दानी २३.४६ प्रतिशतले बृद्धि भई २३ करोड ६४ लाखबाट बढेर २९ करोड १८ लाख ५३ हजार २१२ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको व्यवस्थापन खर्च ७.३६ प्रतिशतले बृद्धि भई ३० करोड २६ लाखबाट बढेर ३२ करोड ४९ लाख पुगेको छ । कम्पनीले आफ्ना अभिकर्तालाई वितरण गर्ने कमिशन २४.१३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा २१ करोड २० लाख रुपैयाँ अभिकर्तालाई वितरण गरेको कम्पनीले गत आवमा २६ करोड ३१ लाख रुपैयाँ वितरण गरेको छ ।

कम्पनीको खुद नाफा २४.४१ प्रतिशतले बृद्धि भई ११ करोड ७० लाख २४ हजार ४६५ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको मुनाफा नौ करोड ४० लाख रुपैयाँ थियो । बीमा समितिले लागू गर्नुपूर्व नै फ्युचर बोनसको व्यवस्था गरेकोले हाल महालक्ष्मी लाइफमा नियामकीय व्यवस्थाले कुनै असर नगरेको वित्तिय विवरणमा देखिाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*