आईएमई लाइफ इन्स्योरेन्सद्धारा एकैदिनमा पाँच हजार बिद्यार्थीमा बीमा साक्षरता

२९ श्रावण २०७९, आईतवार २२:३६

काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । कम्पनीले आज एकै दिन पाँच हजार भन्दा बढि विद्यार्थीहरुलाई बीमा सचेतना सम्बन्धी तालिम दिएको जनाएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । कम्पनीको बार्षिकोत्सव यही भदौं २ गते भव्य रुपमा मनाउँदैछ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।विद्यालयमै पुुगेर बीमा साक्षरता कार्यक्रम प्रदान गर्नुले बीमाको पहुँच आम सर्वसाधारणको घर घरमा पुगेको विश्वास लिइएको कम्पनीले जनाएको छ ।मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा आज एकै दिन ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा अध्ययनरत पाँच हजार ८४८ जना विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको जननाएको छ ।

नेपाली बीमा जगतको इतिहासमा यति धेरै विद्यार्थीहरुलाई एकै दिन साक्षरता प्रदान गरिएको सम्भवतः पहिलो घटना हो ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो । कम्पनीको पाँचौ वर्ष पुरा गरेको अवसरमा एकैदिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम, ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*