लुम्बिनी विकास बैंकद्धारा निर्जिबन बीमा कम्पनीहरुलाई बीमा सेवा खरिद सम्बन्धी प्रस्ताव पेश गर्न आह्वान
२५ श्रावण २०७९, बुधबार १५:५१
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुको क्षतिपूर्ति बीमा, सामुहिक दुर्घटना बीमा तथा स्वास्थ्य उपचार बीमा गरिदिने भएको छ ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै निर्जिवन बीमा कम्पनीहरुको लागि बीमा सेवा खरीद सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वान गरेको हो । सो सम्बन्धी सेवा प्रदान गर्ने इच्छुक निर्जिवन बीमा कम्पनीहरुले १५ दिनभित्र शिलबन्दी बोलपत्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा पेश गर्न सक्नेछन् ।
उक्त शिलबन्दी बोलपत्र फाराम बैंकको सामान्य सेवा विभाग, केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंबाट एक हजार रुर्पैयाँ (पछि फिर्ता हुनेगरी) बुझाई प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।