नेशनल लाइफको चारदिने वार्षिक व्यवसाय सम्मेलन सम्पन्न, उत्कृष्टलाई सम्मान

२४ श्रावण २०७९, मंगलवार १७:०४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक ब्यवसाय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन साउन २१ गतेदेखि साउन २४ गतेसम्म होटल पवन प्यालेस, भैरहवामा सम्पन्न भएको हो ।

उक्त सम्मेलनमा नेशनल लाइफ इन्स्योरेन्सका देशैभरका १२० भन्दा बढी शाखा प्रमुखहरुका उपस्थिति रहेको थियो । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीबाट वार्षिक प्रिमियम टार्गेट पुरा गर्ने अभिकर्ता तथा शाखा प्रमुखहरु सम्मानित भएका थिए ।

इन्स्योरेन्सको अनुअल बिजनेश लिडर्स कन्क्लेभमा वर्षभरीमा प्रिमियम शुल्क आर्जन गरी टार्गेट पुरा गर्ने शाखामा पोखरा शाखा सम्मानित भएको थियो भने उत्कृष्ट शाखा प्रमुखमा कलंकी शाखाका प्रमुख रामचन्द्र घिमिरे सम्मानित भएका थिए ।

देशैभरीको शाखाहरु मध्ये, सर्वोकृष्ट शाखा प्रमुख घोषित भई प्रथम भएकोमा खुशि लागेको घिमिरेले बताए । साथै आगामी दिनहरुमा बीमा ब्यवसाय विस्तार गर्दै कम्पनीले दिएको टार्गेट पुरा गर्दै जाने प्रतिबद्धता समेत उनले जनाएका छन् । नेशनल लाइफले दिएको वार्षिक टार्गेट पुरा गर्ने दोस्रो शाखामा कलंकी शाखा रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*