रिलायबल नेपाल लाइफको सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

२४ श्रावण २०७९, मंगलवार १५:२२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लम्की शाखाको सम्मान तथा उत्प्रेरणा कार्यक्रम लम्कीमा सम्पन्न भएको छ । सुरक्षित जीवन जिउन जीवनबीमा जरुरी छ भन्ने नाराका साथ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लम्की शाखाका शाखा प्रमुख तपेन्द्र देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाका उप प्रमुख जुना चौधरीको उपस्थिती रहेको थियो ।

विशिष्ट अतिथिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रमुख चन्द्र बहादुर बिष्ट रहेका थिए । ४२ जनाको उपस्थिति रहेको थियो भने २२ जनालाई सम्मान गरिएको शाखा प्रमुख देवकोटाले जानकारी दिएका छन् ।कम्पनीका पुर्व एमडिआरटी बाशुदेव भट्ट , वरिष्ठ एजेन्सी मेनेजर दुर्गा धामी कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वरिष्ठ एजेन्सी म्यानेजर पुरन देवकोटाले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*