सानिमा जनरल इन्स्योरेन्सले कति पायो रेटिङ्ग ?
२४ श्रावण २०७९, मंगलवार १३:१९
काठमाडौ । मर्जरमा जाने तयारीमा रहेको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले केयर रेटिङ्स नेपालबाट पुनः केयर एनपि डबल बी प्लस रेटिङ पाएको छ ।
केयर रेटिङ्सका अनुसार यस्तो रेटिङ पाउने कम्पनीसँग वित्तीय दायित्वहरु समयमै पुरा गर्ने सन्दर्भमा पूर्वनिर्धारित हुने मध्यम जोखिमको अवस्था रहेको मानिन्छ ।
साथै उक्त रेटिङ्गअनुसार सानिमा जनरल अगाडी बढ्दै कम्पनीको योग्यता कायम राख्दै आम्दानीमा बृद्धि गर्न सक्ने क्षमता राख्दछ ।