आइएमई जनरल इन्स्योरेन्सको सिईओमा श्रेष्ठ पुनः नियुक्त, सम्हाले कार्यभार

२३ श्रावण २०७९, सोमबार १६:४५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सिईओ योगेश भक्त बादे श्रेष्ठले दोस्रो कार्यकाल आजदेखि सम्हालेका छन् । कम्पनीको संचालक समितिले उनको दोस्रो कार्यकालको लागि सिईओमा पुन: नियुक्त गरेको हो । आजदेखि उनले कम्पनीको अध्यक्षको उपस्थितीमा पुन: दोस्रो कार्यभार सम्हालेका छन् ।

कम्पनीको संचालक समितिका अध्यक्ष हेमराजले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

कार्यकारी अधिकृतको श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा नै कायमुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका श्रेष्ठलाई कम्पनीले प्रमुख कार्यकारी अधिकृत सिईओ मा नियुक्त भएका थिए ।बीमा क्षेत्रमा उनको २३ वर्षदेखि अनुभव रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*