लाभांश वितरण नगर्ने ज्योति लाइफको निर्णय, वित्तीय विवरण पारित
२२ श्रावण २०७९, आईतवार ११:४५
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण पारित गरी नियामक निकाय बीमा समितिमा पठाउने निर्णय गरेको हो । उक्त वित्तीय विवरणमा कम्पनीले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय उल्लेख गरेको छ ।