एससीटी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकद्वारा सहकारीका लागि कोप कार्डको सेवा शुभारम्भ

२० श्रावण २०७९, शुक्रबार १५:५०

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीचको सहकार्यमा बिहीबार राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसको अवसरमा टेक्नोलोजिजले कोप कार्डको सेवा सुरु गरेको हो ।

उक्त सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आवद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन भने पोसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ मार्फत आफनो सेवा दिँदै आएको छ ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पुयाउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भुमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*