मर्जरमा जाँदा बीमा कम्पनीका कर्मचारी सेवा सुविधाबारे सम्बोधन नभएकोमा आपत्ति, बित्तिय संस्था कर्मचारी संघले निकाल्यो बक्तव्य

२० श्रावण २०७९, शुक्रबार १३:५९

काठमाडौं ।बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जान नियामक बीमा समितिले सैद्धान्तिक सहमति दिइरहेका बेला बिमाका कर्मचारीलाई भने जागिर खोसिने डर पैदा भएको छ । ४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनले मर्जर  को कर्मचारीले पाउँदै आएको सेवा सुविधाको ग्यारेन्टी गरेर मात्र मर्जरमा लैजान नियामक बीमा समितिलाई ध्यानाकर्षण गराएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले आज बक्तव्य जारी गर्दै  बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायतका विषयहरुमा अझै पनि पूर्ण रुपमा सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण गराएको हो । ४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनले बिमाको कर्मचारीले पाउँदै आएको सेवा सुविधाको ग्यारेन्टी गरेर मात्र मर्जमा लैजान नियामक बीमा समितिलाई ध्यानाकर्षण गराएको छ ।

यूनियनका अध्यक्ष पदम रेग्मीले यस क्षेत्रका कर्मचारीहरु पेशागत हकहित र सुरक्षामा गम्भीर हुन समेत आग्रह गरेको छ । युनियनले प्रेस विज्ञप्ति जारी गर्दै बीमाको कर्मचारीको राजगारी सुरक्षाको प्रत्याभुति गराउन भनेको छ ।बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पुँजि पुयाउन निर्देशन दिएको छ ।

उक्त निर्देशन जारी भए पश्चात धैरै वटा कम्पनीहरुले मर्जरको सहमति पत्रमा हस्ताक्षर गरिसकेको र बीमा समितिले सैद्धान्तिक सहमति समेत दिई सकेको जानकारी विभिन्न पत्रपत्रिका र विद्युतिय संचार माध्यमा आईरहेकोमा संघले गम्भीर ध्यानाकर्षण गराएको छ ।बीमकहरुको पुँजिगत आधारलाई मजबुत गरी प्रतिस्पर्धात्मक क्षमताको बिकास गर्ने र बीमा क्षेत्रमा रहेका अनेकन विसंगतिहरुलाई न्यूनिकरण गर्ने हेतुले नियामक निकायले बीमा क्षेत्रलाई लक्षित गरी ल्याएको यो मर्जर तथा प्राप्तिको अवधारणा हो ।

बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिले भविष्यमा यस क्षेत्रलाई सबल, सक्षम र व्यवसायिक बनाउला तर यस क्षेत्रमा आफ्नो भविष्य देखेर यसलाई पेशाको रुपमा अघि बढाई रहेको विभिन्न संस्थामा कार्यरत ठूलो जनशक्तिको रोजगारी जोखिममा पर्ने र उनीहरुले आफ्नो पेशा, व्यवसाय र रोजगारीबाट अलग हुनुपर्ने अवस्था नआउला भन्न सकिने स्थिति रहेन । कम्पनीका अचल सम्पत्ति, लगानीकर्ताको लगानी तथा लामो समयसम्मका लागि भनी कम्पनीले बहन गरेको बीमितहरुको जोखिम यी सबैको लेखाजोखा भई रहँदा कम्पनीको बिकास र बिस्तारमा दिन रात नभनी परिचालित हुने चलायमान मानवीय सम्पत्ति अर्थात कर्मचारीहरुको व्यवस्थापनको सम्बन्धमा नियमनकारी निकाय, लगानीकर्ता र कम्पनीको उच्च व्यवस्थापनले यस बारेमा जारी गरेको निर्देशनले यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायतका विषयहरुमा अझै पनि पूर्ण रुपमा सम्बोधन नगरेको प्रति यस संघको गम्भीर ध्यानाकषर्ण गराएको छ ।

बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ ९संसोधन सहित २०७८० को बुदाँ नं। ३ को ९ङ० मा बीमा समितिले सैद्धान्तिक सहमतिका लागि गाभ्ने, गाभिने बीमकका कर्मचारीको ब्यवस्थापनको बिवरण पेश गर्नुपर्ने भन्ने उल्लेख भएको आधारमा सैद्धान्तिक सहमति दिनु पूर्व ति संस्थाहरुको सम्पूर्ण पाटाहरुको बिस्तृत अध्ययन विश्लेषण गरिनुको साथै संस्थामा कार्यरत कर्मचारीहरुको पद, तह र सेवासुविधाको समायोजन लगायत जनशक्ति ब्यवस्थापनका सम्पुर्ण खाका पेश गरे पश्चात मात्र सैद्धान्तिक स्वीकृति दिई मर्जर तथा प्राप्ति प्रकृयालाई अगाडि बढाउन हुन अध्यक्षज्यू समक्ष यस संघ आग्रह गरेको छ ।

हाल बीमा समितिले सैद्धान्तिक सहमति दिएको पत्रमा एक लाइनमा मात्र “कर्मचारीहरुको खाइपाई आएको तलब सुबिधा नघट्ने गरि ब्यवस्थापन गरिने छ” भन्ने शब्दले बर्षौँदेखि कार्यरत संस्थाका कर्मचारीहरुको उचित ब्यवस्थापन होला भन्ने कुरामा हामी बिश्वस्त हुन नसकेकोले नियामक निकायद्वारा नै यस बिषयमा ठोस कदम चालिनु पर्छ भन्ने निश्कर्षमा पुगेको संघले जनाएको छ ।

यसर्थ, बीमा क्षेत्रलाई सवल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यवसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सर्वोपरी हित चिताई उनीहरुको सेवाको सुरक्षा र सेवाशर्तको रक्षाको लागि जिम्मेवार निकायबाट तपसिलका विषयमा स्पष्ट निर्देशन जारी गरी समग्र यस क्षेत्रका कर्मचारीहरु पेशागत हकहित र सुरक्षामा गम्भीर हुन समेत आग्रह गरेको छ ।

नेपाल बित्तिय संस्था कर्मचारीको मुख्य माग

१) संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने कामकारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने कार्य बन्द गरियोस् ।
२) संस्थामा रहेका रिक्त दरबन्दीका पदपूर्तिका कामहरुलाई नियमितता दिइयोस् ।
३) श्रम ऐन तथा टेड्र युनियन ऐनले निर्दिष्ट गरेको कर्मचारीहरुको नियमित रुपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका नाममा अवरुद्ध गर्ने काम बन्द गरियोस् ।
४_ बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिको कार्यको समयावधिलाई निश्चित गरियोस् ।

त्यस्तै, संघले नेपालमा बित्तिय क्षेत्र (बैंक, फाइनान्स, लघु वित्त) का लागि मर्जर अब नौलो बिषय रहेन तर बीमा क्षेत्रका लागि यो विलकुलै नयाँ प्रकृया भएकोले बैंकिङ क्षेत्रको मर्जर तथा प्राप्तिमा भए गरेका तिता–मिठा अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई आत्मसात गरी बीमा समितिले समग्र बीमा क्षेत्र र सोमा कार्यरत कर्मचारीहरुको उचित ब्यवस्थापन एवं लगानीकर्ताको लगानी सुरक्षा र सेवाग्राहीहरुको हितरक्षाको लागि स्पष्ट नीतिगत र प्रकृयागत कानूनी व्यवस्था गरी पूर्ण व्यवसायिक एवं परिणाममुखी कार्य गर्न आग्रह गरेको छ ।

संघले औल्याएका विषयहरुमा कर्मचारीसँग सम्बन्धित विषयहरुमा यथोचित परामर्श नभई मर्जर प्रकृया अघि बढेमा संघले जस्तो सुकै निर्णय लिन बाध्य हुने भन्दै चेतावनी समेत दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*