सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीलाई थप ५०% रकम जम्मा गर्न आग्रह

२० श्रावण २०७९, शुक्रबार १२:१७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वाततको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीको गत साउन ६ गते सम्पन्न भएको विशेष साधारण सभाले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी बृद्धि गर्ने विश्ेष प्रस्ताव पारित गरेसँगै कम्पनीले पुँजी बढाउन आफ्नै संस्थापकबाट थप ५० प्रतिशत रकम जम्मा गर्न लागेको हो ।

कम्पनीको साउन १२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको पुँजी बृद्धि गर्न संस्थापक शेयरधनीबाट शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्ने सम्बन्धमा बीमा समितिबाट स्वीकृत भएअनुसार कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई रकम जम्मा गर्न आग्रह गर्दै सूचना प्रकाशित गरेको हो ।

संस्थापकहरुले ५० प्रतिशत रकम आगामी असोज ७ गतेभित्र कम्पनीले उपलब्ध राएको बैंक खातामा जम्मा गरी सो को भौचर कम्पनीको केन्द्रीय कार्यालय टेकु, काठमाडौंमा बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

बीमा समितिले यसअघि असार मसान्तसम्मभित्र मर्जरमा गई पुुँजी बृद्धि गर्ने कम्पनीलाई छुट प्रदान घोषणा गरेको थियो । समितिको निर्देशनलाई पालना गर्दैै ९ वटा जीवन बीमा कम्पनीले मर्जरमा जाने सम्झौता गरिसकेका छन् ।

यसअघि पुँजी बृद्धि गर्न रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफले पनि आफ्ना संस्थापक शेयरधनीहरुबाट थप रकम जम्मा गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*