नेशनल लाइफको दुई लाख ७६ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

१९ श्रावण २०७९, बिहीबार ०९:२३

काठमाडौं । नेशनल लाइफका दुई वटा संस्थापक लगानीकर्ताहरुले आफूसँग रहेको दुई लाख ७६ हजार कित्ता शेयर बिक्रीमा राखेका छन् । प्रुडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि को स्वामित्वमा रहेको दुई लाख एक हजार ८२० कित्ता र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लिको स्वामित्वमा रहेको ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।

एनआईसी एसिया क्यापिटलका अनुसार आगामी साउन २५ गतेभित्र न्यूनतम ३५० रुपैयाँ प्रतिकित्ताको दरले न्यूनतम् ५००० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

नेशनल लाइफको संस्थापक शेयरमा कम्पनीका विद्यमान संस्थापकहरु वा जो कोही सर्वसाधारण व्यक्ति, कम्पनी, संघ संस्थाहरुले साउन २५ गतेसम्म एन आई सी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

प्राप्त आवेदनहरु बढाबढ मूल्यका आधारमा सबैभन्दा बढि मूल्य कबोल गर्ने आवेदकलाई वितरण गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*