सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो ? बीमा समितिको दायरामा आउनुपर्छ: अध्यक्ष सिलवाल

१८ श्रावण २०७९, बुधबार १६:३२

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो भन्दै राष्ट्रिय बीमा कम्पनीलाई सोधेका छन् । राष्ट्रिय बीमा कम्पनीको ९ औ बार्षिकत्सव कार्यक्रमा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले यस्तो प्रश्न सोधेका हुन् । पुँजि वृद्धि अनिवार्य सबैलाई समान हुन्छ । सरकरी कम्पनी भन्दैमा छुट्याउन नमिल्ने उनले बताए ।

सरकारी स्वामित्वका कम्पनीहरुलाई पुँजी पुर्याउन अर्थ मन्त्रालयलाई सोध्नुपर्ने तर त्यही कम्पनीको सीईओले तलब खान भने किन कसैलाई सोध्नुपर्दैन् ? भन्दै उनले राष्ट्रिय बीमा कम्पनीमा विगतमा समस्या रहे पनि नयाँ कारोबार सुरु गरेको नौ बर्ष भइसकेको स्मरण गराए ।

‘बीमा कम्पनीहरुको पुँजी पाँच अर्ब रुपैयाँसम्म पुर्याउन निर्देशन दिइरहेको बेलामा सरकारी बीमा कम्पनीलाई पुँजि पुराउन सकस नै छ। अब म सरकारी निकायका कम्पनीलाई पनि कारबाही गर्छु । विगत जसरी भए भयो । सरकारी हो भनेर वाहाना चल्दैन ।अब पनि पूँजी वृद्धि भएन भने म कारोबार रोक्का गर्दिन्छु ।’ उनले भने ।

उनले भने ,‘नियामकलाई आफनो भूमिकामा काम गर्न दिनुपर्यो । पुँजिवृद्धि गर्न सक्नुहुन्न भने कसरी व्यवसाय गर्न सकिन्छ, अब पनि पुँजि वृद्धि गरेन भने बीमा समिति एक्सनमा जान्छ ।’

लेखापरीक्षकले हस्ताक्षर गर्न नमानेको वित्तीय विवरणमा बीमा समितिले कसरी पास गर्ने भन्दै आगामी दिनमा यस्तो छुट नहुने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*