ङादी ग्रुप पावरले आजदेखि १५० प्रतिशत हकप्रद शेयर निष्काशन

१८ श्रावण २०७९, बुधबार ११:०८

काठमाडौं । आजदेखि ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।कम्पनीले एक सय रूपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रूपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रूपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद शेयर जारीपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रूपैयाँ पुग्नेछ ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म शेयर कायम रहेका सदस्यहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो शेयरको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*