सप्तकोशी नदि फुटेर उदयपुरका बस्तीमा पस्यो, अर्बौको क्षति हुने, बीमा कम्पनीहरुमा दावी पर्ने भय

१८ श्रावण २०७९, बुधबार ११:००

काठमाडौं । नेपालकै ठूलो नदी मध्येको सप्तकोशी नदिमा आएको बाढीमा एउटा भंगालो फुटेर उदयपुरबाट बस्तीतर्फ अघि बढेको छ । यसबाट उदयपुर र सुनसरी जिल्लाका करिब २० जना जनता प्रभावित हुने प्रारम्भिक रुपमा घटनास्थलबाट प्राप्त खवरमा जनाइएको छ । अहिले घटनास्थलमा उदयपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेर अवलोकन सुरु गरिसकेको छ ।

चार दिनदेखि रोक्ने प्रयास असफल भएपछि आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सप्तकोशी नदि फुटेर उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु–चिलिया बस्ती पसेको र अब उक्त नदिले तलतिरको बस्तीमा असर गर्दै अघि बढ्ने हुँदा ठूलो धनजनको क्षति पुग्ने भन्दै सर्वसाधारणहरु आतंकित बनेका छन् ।

वेलका नगरपालिकाका मेयर अशोक कार्कीले सो नगरपालिकाका वडा नम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुने बताए । सो बाढीले उदयपुर र सुनसरी क्षेत्रमा करोडौंका भौतिक सम्पत्तिहरु नष्ट गर्ने हुँदा बीमा कम्पनीहरुमा बीमा दावी पर्ने भय फैलिएको छ । नेपालका हरेक कुनाकाप्चामा बीमाको पहुँच पुगिसकेकोले क्षति हुने वित्तिकै कुनै न कुनै कम्पनीमा बीमा दावी पर्ने निश्चित भएकोले बीमा कम्पनीहरुमा दावी पर्ने भय फैलिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*