सगरमाथा इन्स्योरेन्सद्धारा शंकरदेव क्याम्पसमा निर्जिबन बीमा सम्बन्धि जनचेतना कार्यक्रम

१७ श्रावण २०७९, मंगलवार १८:४४

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जिबन बीमा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत शंकरदेव क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकाय स्नातक तहका विद्यार्थीहरुसमक्ष उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीबाट उपलब्ध गराइने बीमा जस्तै मोटर बीमा, अग्नी बीमा, सामुद्रिक बीमा, सम्पत्ती बीमा, औषधी उपचार बीमा, पशुधन।बाली बीमाको विषयमा जनचेतना दिइएको थियो ।

सो कार्यक्रममा बिबिएस प्रोग्रामका डाइरेक्टर रीता मास्के र सगमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक प्रबन्धक शसीधर शर्मा लगायतको उपस्थितिमा सम्पन्न भएको हो । साथै जनचेतना कार्यक्रमपश्चात सहभागीहरुले बीमाको महत्व तथा आवश्यकता रहेको प्रतिक्रिया जनाएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*