नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?
१७ श्रावण २०७९, मंगलवार १६:४०
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सगरमाथा इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सगरमाथा इन्योरेन्सको २० प्रतिशत दरका २२ लाख २२ हजार ७१५ कित्ता र एनएमबि लघुवित्तको २१.५० प्रतिशत दरका ११ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
उक्त शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्रै नेप्सेमा कारोबार गर्न पाइनेछ ।