श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्धारा देशको समृद्धि सम्भव छः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा देशमा आर्थिक सम्बृद्दि हासिल गर्न सकिने बताएका छन् ।संवाद डवलीमा आयोजित ३० औ किसान सहिद दिवस तथा ६९ औ भीमदत्त पन्त स्मृति दिवसको अवसरमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
उनले कृषिमा तालिम आवश्यक रहेको बताउदै काठमाडौमा तरकारीको आपूर्ति आसपासकै जिल्लाबाट गर्न सबैलाइ आह्वान गरेका छन् ।आज शहीद भीमदत्त पन्तको ६९औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
‘कित जोत हलो कित छोड थलो, यदि होईन भने अब छैन भलो, अवत कोई छैन सानो ठुलो ’’ भन्ने मुल नारा बोकेका किसान नेता भिमदत्त पन्तको ६९ औ स्मृति दिवस मनाइएको हो ।
को हुन् किसान नेता भीमदत्त ?
‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्त १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका हुन् ।
उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सबादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त नै थिए ।
अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए । त्यस बेला उनलाइ भीमदत्त कांग्रेस भन्ने गरिन्थ्यो ।
गरीब दलित जनजाती किसानहरुलाई संगठित गरी राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको ब्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनि राणासँग मिलेर बनाएको सरकारको बिरोध गरे ।
परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपिसंह दुई जना सेनाका कमान्डर थिए ।
दक्षिण भारतका एक जना विद्वान कृष्णस्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए । भान्सामा दलितहरुलाई सहभागी गराउन थाले ।
किसानहरुलाई बेदखल गर्ने उनीहरुको नाममा जाली तमसुख बनाउने श्रमशोषण गर्ने ठालुहरुलाई कारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । यस व्यवहारबाट कुँडिएका ठालुहरु उनलाई पागल भन्थे । पछि भीमदत्त आफै पनि ठालुहरुलाई परिचय दिँदा पागल पन्त भन्ने गर्थे ।
कांग्रेससित बैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले । केही ठाउँमा जय नेपाल भन्नेलाई कारवाही पनि गरेका थिए । उनले भन्ने गर्थे म अहिले जे गर्दैछु भोलि यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय अत्याचार छोड्नुपर्छ । उनको क्रान्ति बिरोध गर्ने र कारवाही गर्नेमा मात्र सीमित थिएन ।गरीबहरु संगठित हुनुपर्छ । अन्न खेर फाल्नु हुँदैन । उत्पादन बढाउनुपर्छ । अनावश्यक खर्च घटाउनु पर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए ।