पेट्रोलको मूल्य घट्न सक्ने संकेत, आइओसीले कति घटाएर पठायो ?

१६ श्रावण २०७९, सोमबार १६:२४

काठमाडौं । इण्डियन ओइल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ । जसमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

आइओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल १२ रुपैयाँ ४५ पैसा घटेर आएको छ ।

यो भन्दा अघिल्लो पटक पनि पेट्रोलको मूल्य १५ रुपैयाा ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । तर नेपाल आयल निगमले भने नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि कम्पनी चालु घाटामा नै रहेको भन्दै मूल्य बिक्री मूल्य यथावत् नै राखेको थियो ।

हाल निगमको बिक्री मूल्य पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ र खाना पकाउने एलपी ग्याँस प्रतिसिलिण्डर १८ सय रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*