काभ्रेस्थली पदमसालमा एकै परिवारका चार जना ‘सुसाइड नोट’ सहित मृत भेटिए, अनुसन्धान जारी

१६ श्रावण २०७९, सोमबार १५:४३

काठमाडौं । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको छ । मृतघरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।गोरखा घर भई यहाँ बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता काप्री पाण्डे, ८ वर्षका छोरा आशिक र १३ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका थिए ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । उक्त नोटमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*