मर्जरबारे छलफल गर्न सूर्या लाइफ इन्स्योरेन्सको कहिले बस्दैछ विशेष सभा ?
काठमाडौं । मर्जरलाई अन्तिम रुप दिन सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा यहि साउन १९ गते बिहिबार बस्दैछ ।कम्पनीको संचालक समितिको बैठकले सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स र ज्याति लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सो विषयमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने, गाभ्ने/गाभिनेसम्बन्धमा अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
मर्जर प्रयोजनार्थ इन्स्योरेन्सको शेयर दोस्रो बजारमा असार १३ गतेदेखि रोक्का रहेको छ । यस अनुसार असार १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन् ।