मर्जरमा जाने सम्झौता गरेको प्रभु बैंकको शेयर नेप्सेमा भटाभट कारोबार हुँदै

काठमाडौं । मर्जरमा जाने सम्झौता गरेको प्रभु बैंकको शेयर नेप्सेमा भटाभट कारोबार भइरहेपछि मानिसहरु आश्चर्यमा परेका छन् । साथै अन्योलता पनि उत्पन्न भएको छ । एउटै सम्झौतामा हस्ताक्षर गरेको अर्को बैंक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का हुने र अर्को प्रभु बैंकको शेयर कारोबार खुल्ला हुने व्यवस्थाले अन्योलता सिर्जना भएको हो ।
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच साउन १५ गते अर्थात हिजो साँझ एकआपसमा १ः१ अनुपातमा मर्जरमा जाने एमओयूमा हस्ताक्षर भएको हो । मर्जर सम्झौतापछि प्राप्ति गर्ने भएकोले प्रभु बैंकको शेयर कारोबार रोक्का नहुने सो बैंकका सिईओ अशोक शेरचनले बताए । प्रभु बैंकले प्राप्ति गर्ने भएपछि सेन्चुरी बैंकको सेयर कारोबार रोक्का भएको छ । आजबाट नै यसको सेयर किनबेच नहुने भएको छ । दुवै बैंकले आइतबार( १ः१ अनुपातमा गाभ्ने गाभिने सम्झौता गरेका हुन् ।
नेप्सेमा प्रभु बैंकको शेयर भने धमाधम कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म प्रभु बैंकको कुल ३४३ वटा ट्रान्जेक्सन भइसकेको छ भने कुल १ करोड ५७ लाख ४१ हजार रुपैयाँ बराबरको कुल ७० हजार १६८ कित्ता शेयर किनबेच भइसकेको छ । प्रभु बैंकले प्राप्ति गर्ने भएपछि सेन्चुरी बैंकको सेयर कारोबार रोक्का भएको छ । आजबाट नै सेञ्चुरी कमर्सियल बैंक सेयर किनबेच नहुने भएको छ ।
*सम्पादन गरिएको ।