आइएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

१६ श्रावण २०७९, सोमबार १०:२७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बीमितहरुलाई नयाँ बोनसदर निर्धारण गरेको हो ।आव २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमाङ्ककीय प्रतिवेदन नियामक निकाय बीमा समितिबाट स्वीकृती भएबमोजिम कम्पनीले बोसदर सार्वजनिक गरेको हो ।आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न ४ वटा बीमालेख अन्तर्गत न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत न्यु्नतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसअन्तर्गत ९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६३ रुपैयाँ र ३० र सो भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, कम्पनीले सावधिक।अग्रिम भुक्तानी तथा आजीवन बीमालेख अन्तर्गत न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोसदर दिने भएको छ । जसअन्तर्गत ९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

यस्तै, आइएमई लाइफले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखअन्तर्गत न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोसदर निर्धारण गरेको छ ।

त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमालेख अन्तर्गत कम्पनीले सम्पूर्ण बीमा अवधिसम्मका लागि २० रुपैयाँ बोसदर उपलब्ध गराउने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*