संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन, अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्ष (पूर्णपाठ सहित)

एमाले प्रतिनिधिको फरक मत
१३ श्रावण २०७९, शुक्रबार १६:०३

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाएको छ । हिजो बिहानदेखि सत्तापक्ष र प्रतिपक्षबीच बसेको लामो छलफल पछि साँझ भएको अन्तिम प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटसम्क्ष आज पेश गरेको हो । १२९ पेजको उक्त प्रतिवेदनले जेठ १४ गते राति अनधिकृत व्यक्तिले अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको उल्लेख छ  ।

प्रतिवेदनमा १ बुँदे निष्कर्ष र ११ बुँदे सुझावहरू उल्लेख छन् । साथै, एमालेका चार सांसदहरूको फरक मतलाई पनि प्रतिवेदनमा स्थान दिइएको छ ।आज शुक्रबार दिउँसो समितिले तयार पारेको प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटलाई समिति सभापति लक्ष्मणलाल कर्णले बुझाएका छन् ।अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’

यससँगै करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सादर्भिक नरहेको समितिले बताएको छ । प्रतिवेदनमा भनिएको छ, ‘करको दरले अर्थतन्त्रमा परेको प्रभावहरुको नियमित अध्ययनले संसदको सम्बन्धित विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन ।’

यस्तो छ संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन :
Samiti pratibedan 2079 (1)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*