रिलायबल नेपाल लाइफद्धारा बीमा दाबी रकम भुक्तानी

१३ श्रावण २०७९, शुक्रबार १०:४४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाले मृतकको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भरतपुर महानगरपालिका वडा नं १७ निवासी गणेश बहादुर गुरुङ्गको मृत्यु दावी भूक्तानी गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं। १७ स्थित मृतक परिवारको घरमै पुगेर मृतकका श्रीमती भूमिका गुरुङ्गलाई ४० लाख ४० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ

मृतक गणेश बहादुर गुरुङ्गले सात महिना अगाडि मात्रै २० लाख रुपैँयाको बीमा गरेका थिए । बीमित गुरुङ्गको स्कुटर दुर्घटनामा परि ज्यान गएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*