सगरमाथा इन्स्योरेन्सद्धारा दुई करोड ६५ लाख बीमा दाबी भुक्तानी

१२ श्रावण २०७९, बिहीबार १६:४९

काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले भारतमा भएको सडक दुर्घटनाबाट क्षति भएको हाइटेन्सन स्वीचगियर प्रा.लि.लाई बीमा दाबी वापतको २ करोड ६५ लाख ७३ हजार ८४९ रुपैयाँ भुक्तानी गरेको हो ।

उक्त रकम बराबरको चेक आज हाइटेन्सन स्वीचगियरका अध्यष द्धारिका श्रेष्ठलाई सगरमाथा इन्स्योरेन्सका सिइओ चंकी क्षेत्रीले हस्तान्तरण गरेको हो ।

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।०७९ मा १ अर्ब ८५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*