एसईईको नतिजा सार्वजनिक, यसरी हेरौं रिजल्ट

११ श्रावण २०७९, बुधबार १६:३९

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

बुधबार बसेको बोर्डको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार ४ लाख ९५ हजार ५५१ सहभागी भएका थिए ।
परिक्षामा ९ हजार ६३३ जना विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म ल्याएका छन् । साथै ४१ हजार ६२७ जनाले ३.२० जीपीए देखि ३.६० जीपीए, ६९ हजार ९०० परीक्षार्थीले २.८० जीपीए देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ जीपीए देखि २.८० जीपीए ल्याएका छन् ।

त्यस्तै, १ लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् भने १ लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् । यस्तै, ४४ हजार ५८६ जनाले १.२ देखि १.६ जीपीए ल्याएका छन् भने ३ हजार २८० जनाले ०.८० जीपीएदेखि १.२ जीपीए ल्याएका छन् ।

एसईई परीक्षाको नतिजा विभिन्न माध्यमबाट हेर्न सकिनेछ । परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिनेछ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃  टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*