आइएमई जनरल इन्स्योरेन्सले माग्यो सातै प्रदेशबाट कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
११ श्रावण २०७९, बुधबार १०:३४
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले रोजागारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
आइएमई जनरल इन्स्योरेन्सले सातै प्रदेशका ब्रान्चहरुका लागि असिस्टेन्ट म्यानेजर।डेपुटी म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर।मार्केटिङ अफिसर।सिनियर मार्केटिङ अफिसर र टे«नी डेभलपमेन्ट अफिसर।डेपुटी डेभलपमेन्ट अफिसर।डेभलपमेन्ट अफिसर माग गरेको हो ।
इन्स्योरेन्सले सो पदहरुका लागि न्युनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको इमले [email protected] मर्फत दरखास्त दिन सक्नेछन् ।