पठाओ कवचमा समेटियो बीमा सुविधा

१० श्रावण २०७९, मंगलवार १२:४९

काठमाडौं । सेयर राइडिङ एप ‘पठाओ’ ले ‘पठाओ कवच’ अभियान संचालनमा ल्याएको छ । जसअन्तर्गत पठाओ एपमार्फत अब राइडर, सेवाग्राही, क्याप्टेन र फुडम्यानले विभिन्न ५ वटा सुविधाहरु पाउनेछन् ।

पठाओकी प्रवक्ता सुरक्षा हमालका अनुसार पठाओ कवच अन्तर्गत अब हरेक यात्रा बीमाद्धारा सुरक्षित हुने भएको छ ।

साथै सो अभियानअन्तर्गत प्रशिक्षित र प्रमाणित राइडरहरु रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सर्पोट सेवा, एपभित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुका साथै राइडको जानकारी आफन्त साथीहरुलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा रहेको छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*