नेपाल इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा
१० श्रावण २०७९, मंगलवार १०:४८
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।
कम्पनीको गत जेठ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीले शेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।
गत जेठ १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिदिएको र सो मितिपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुकहो हकमा क्रमशः बोनस शेयर हितग्राहती खतामा जम्मा हुने कम्पनीले जनाएको छ ।