विराटनगरमा ३ अर्ब लगानीमा पाँच तारे होटल सहितको व्यापारिक मल निर्माण हुने

९ श्रावण २०७९, सोमबार १७:०१

काठमाडौं ।  विराटनगरमा ३ अर्ब लगानीमा पाँच तारे होटल सहितको व्यापारिक मल निर्माण हुने भएको छ । उक्त सम्झौतापत्रमा आज र्याडिसन होटल, विराटनगरको व्यवस्थापनका लागि र्याडिसन होटल गुप्रसँग यो सम्झौतामा हस्ताक्षर भएको छ।

सेन्चुरी गुप्र अफ कम्पनीको लगानीमा विराटनगरमै पहिलो पटक पाँचतारे होटल र मल संचालनमा ल्याउन उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  ३ अर्ब लगानीमा ३० कठ्ठा जमिनमा ७५ हजार स्क्वायर फिटको मलमा १५० कोठाको पाँचतारे होटल सेन्चुरियन हुने कम्पनीका अध्यक्ष मोतीलाल दूगडले जानकारी दिए । होटल सेन्चुरियनको व्यवस्थापनमा साझोदारी भने पाँच तारे होटल र्याडिसनले गर्ने उनले बताए । सो होटलमा क्यासिनो, बालद्यान र व्यापरिक प्रयोजनको मल उपयोग हुनेछ ।

होटलसहितको पूर्वाधारमा बैंकहरुले १८० करोड र बाँकी १२० करोड लगानी सेन्चुरी ग्रूप अफ कम्पनीले गरेको अध्यक्ष दूगडले जानकारी दिए ।शिक्षा, राजनीति, उद्योग, व्यापार र पर्यटनको हबको रुपमा रहेको बिराटनगरमा पाँच तारे होटलको अभाव पूर्तिका लागि परियोजनामा लगानी गरिएको दुगडको भनाई छ ।

यो कम्पनीले यसअघि विराटनगरमै चार तारे होटल हेरिसन सञ्चालन गरिरहेको छ । होटलसहितको मलको पूर्वाधारको काम धेरै सकिएको र अर्को वर्ष पूर्ण रुपमा सञ्चालनमा आउने गरी काम भइरहेको दूगडले बताए । दूगडले प्रिमियम आतिथ्यता र यो विश्व स्तरको र्याडिसन होटल विराटनगरमा ल्याउन चाहन्थे। र्याडिसन होटल, विराटनगरको व्यवस्थापनका लागि र्याडिसन होटल गुप्रसँग यो सम्झौतामा हस्ताक्षर भएकोमा उनले खुसी व्यक्त गरेको छन् ।

सहरको मध्य भागमा अवस्थित, यी पाहुनाहरूको आवश्यकताहरू पूरा गर्न प्रदान गरिएको विश्व स्तरीय सुविधाहरू र सुविधाहरूको कारणले गर्दा यो परियोजना व्यापार र मनोरञ्जन उन्मुख अतिथिहरू दुवैका लागि उपयुक्त छ।

सडक, विमानस्थल, सामुदायिक परियोजनाहरू, ढल निकास, सार्वजनिक सुविधाहरू, आदि जस्ता पूर्वाधारहरूमा द्रुत विकासले यसलाई स्थानीय र अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि उपयुक्त हुने हुँद केही सकारात्म देखिने जनाएको छ। व्याडिसन को संलग्नता संग, यो परियोजना यसको अत्याधुनिक सुविधा र रणनीतिक स्थान को कारण शहर को नयाँ ल्यान्डमार्क भएको छ।

यो कम्पनीले यसअघि विराटनगरमै चार तारे होटल हेरिसन सञ्चालन गरिरहेको छ । सेन्चुरी ग्रूप अफ कम्पनी नेपालमा तरकारी मसला बिक्रीका लागि चर्चित छ । होटलसहितको मलको पूर्वाधारको काम धेरै सकिएको र अर्को वर्ष पूर्ण रुपमा सञ्चालनमा आउने गरी काम भइरहेको दूगडले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*