एसईईको रिजल्ट यसै साता

९ श्रावण २०७९, सोमबार १६:१३

काठमाडौं । यतिबेला एसईईको नतिजा कहिले सार्वजनिक हुने भन्ने चासोको विषय बनेको छ । राष्ट्रिय परिक्षा बोर्डले एसईईको नतिजा यसै साताभित्र सार्वजनिक गर्ने बताएको छ ।

साउन १० गते एसईईको नतिजा सार्वजनिक हुने हल्ला चलेपनि भोलि रिजल्ट पब्लिस नहुने बोर्डले जनाएको छ । बोर्डका अनुसार साउन ११ गते रिजल्ट सार्वजनिक हुन सक्नेछ ।

गत वैशाख ९ गतेदेखि एसईई परिक्षा संचालन भएको थियो । बोर्डले २ हजार ७ परिक्षा केन्द्र र एक उपकेन्द्र तोकेको थियो ।
एसईई परिक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थीले एसईई परिक्षा दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*