एनएलजी इन्स्योरेन्समा बीमा गराउँदा र दाबी भुक्तानीको रियल टाईम हेर्न मिल्ने, २४ सै घन्टा कल सेन्टरको सुविधा पाईने

९ श्रावण २०७९, सोमबार १३:४२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच सम्झौता भएको छ। सहरमा मात्रै कन्द्रित नभई ग्रामीण क्षेत्रमा पुग्ने हेतुले यस सम्झौता गरेको हो ।सहर केन्द्रित बीमा कम्पनी लक्षित बीमा कम्पनीहरु भईरहेको भन्दै बीमा समितिले ज्ञिज्ञासा गरिरहेको बेला सबैलाई समेट्ने र बीमित मैत्री बन्न कम्पनीले बीमा एग्रेगेटर ओएसआर फिन्टेसँग सहकार्य गरेको हो ।

बीमितहरुलाई सरल र सहज रपमा सुविधा प्रदान गर्नु कम्पनीको महत्वपूर्ण भूमिका रहेको कम्पनीले जनाएको छ। ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रूपमा एनलएलजीको बीमा प्रडक्टहरूका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरका रूपमा उक्त कम्पनीको प्रडक्टहरूको मार्केटिङ गर्नेछ । एग्रेगेटर सेवाका लागि फिन्टेकले बीमामार्केट डट कम नामको वेबसाइट सुरु गर्दै छ ।

यो नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो । यसमार्फत ग्राहकले हरेक बीमालेखको विस्तृत विवरण बुझ्न सक्छन् । यसमा रियल टाइम क्लेम सुविधा उपलब्ध छ । यसले बीमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४ सै घन्टा कल सेन्टरको व्यवस्था गरेको छ ।

यसमार्फत खरिद, बिक्री र दाबीमा तुरुन्तै पहुँच स्थापित गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले लघुबिमालाई समेत लक्ष्य बनाएको छ । समझदारीअनुसार एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ ।

त्यसैगरी एनालजीका पोलिसीहरूको खरिदबिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउनेछ । ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बीमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*