वित्तीय सूचकमा सुधार आएसँगै एनसीसी बैंकको शेयर किन्न होम्मिए लगानीकर्ता

९ श्रावण २०७९, सोमबार ११:४७

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय आज प्रकाशित गरेको छ ।

उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले अधिकांश सूचकमा उत्कृष्ट सुधार गरेसँगै शेयर लगानीकर्ताहरु सो कम्पनीको शेयर खरिद गर्न होम्मिएका छन् ।

धितोपत्र दोस्रो बजारमा एनसीसी बैंकको शेयर उच्च खरिद मागको टपमा रहेको छ । हालसम्म बैंकको ८८ हजार भन्दा बढी कित्ता शेयर खरिद माग रहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर २.६१ प्रतिशतले बृद्धि भएर २१६ रुपैयाँ ५० पैसा पुगेको छ ।

बैंकले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आवको चैत मसान्तसम्ममा २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने सो अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी समेत बढेको छ । बैंकको इपिएस २ रुपैयाँ २५ पैसा बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ ।
त्यस्तै, यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*