सानिमा लाइफद्धारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
८ श्रावण २०७९, आईतवार १३:०४
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीले बीमित धन कुमारी राईको असामायिक निधनपछि उनको हकवालालाई २० लाख २० हजार रुपैयाँको बीमा दाबी भुक्तानी गरेको हो ।
सानिमा लाइफ इन्स्योरेन्सको धरान शाखाले बीमितको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।