रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारी खुल्यो, ब्रान्च म्यानेजरदेखि सेल्स एण्ड मार्केटिङ स्टाफलाई अवसर

८ श्रावण २०७९, आईतवार ११:५९

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो ।

इच्छुक योग्यताप पुगेका ब्यक्तिले साउन २२ गतेभित्र कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*