सिटिजन लाइफ इन्स्योरेन्समा संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना संचालक निर्वाचित

६ श्रावण २०७९, शुक्रबार १८:००

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सम्पन्न भएको छ । कम्पनीले नयाँ संचालक चयन गरेको छ। सभाले आगमी चार वर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना संचालकको निर्वाचन प्रकृयाद्वारा निर्वाचित भएको निर्वाचन अधिकृतले घोषणा गरेको छ।

जसमा संचालकहरु प्रदीप जङ्ग पाण्डे, सुमित कुमार अग्रवाल्, महेश स्वाँर र मनोज कार्की निर्विरोध निर्वाचित भएका छन् । साथै सभाले कम्पनीको पूँजी संरचना संशोधन गरी बीमा समितिले जारी गरेको निर्देशन बमोजिमको निर्णयहरु पारित गरेका छन् ।

त्यसैगरी मर्जर सम्बन्धि प्रकृया अघि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*