१ हजारले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

६ श्रावण २०७९, शुक्रबार ११:४७

काठमाडौं । आज सुनचाँदीको भाउ ह्वातै बढेको छ । आज सुन तोलामा १ हजार र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ तोलामा ११ सय ६५ रुपैयाँ कायम भएको छ ।

विहिबारका सुनको भाउ तोलामा १ हजार रुपैयाँले र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*