थप ४३५ जनामा कोरोना संक्रमण, ५६ जना संक्रमणमुक्त

५ श्रावण २०७९, बिहीबार १८:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६७ पीसीआर परीक्षणमा ३१७ जना र एक हजार ९०२ एन्टिजेन परीक्षणमा ११८ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५६ रहेको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*