कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्ता वापत नेपाल एयरलाइन्सले तिर्यो १ अर्ब ३५ करोड ऋण

५ श्रावण २०७९, बिहीबार १७:४१

काठमााडौं । नेपाल वायुसेवा निगमले १ अर्ब ३५ करोड बराबरको रकम भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिनुुपर्ने ऋण दायित्वको किस्ता तिर्नको लागि सो रकम भुक्तानी गरेको हो ।

वायु सेवा निगमले न्यारोबडी जहाज खरिद बापतको ४५ करोड र वाइडबडी जहाज खरिदको लागि ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता बापतको रकम भुुक्तानी गरेको छ । त्यसैगरी, नागरिक लगानी कोषको हकमा वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता बापतको ४५ करोड रुपैयाँ समेत भुक्तानी गरेको छ ।

निगमका अनुसार विश्वव्यापी कोरोना माहामारीका कारणले विश्व उड्डयन बजार नै धरायसी भएको समयमा उक्त ऋणले गर्दा अन्तर्राष्ट्रिय उडान, सिट अकुपेन्सी दरमा लगायतका काममा ठुलो सहयोग पुगेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*