गुराँस लाइफद्धारा २६ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी

५ श्रावण २०७९, बिहीबार १७:३४

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने शेष अनसारुल हक को मृत्यु दावी वापतको रकम उनले इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनकी हकवाला श्रीमती कौशिला लिम्बुलाई मृत्यु दावी वापत जम्मा रकम १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । गुराँस लाइफ इन्स्योरेन्सले एकैदिन २६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आ.व. २०७८।०७९ लाई बीमा दावी भुक्तानी बर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८।०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराएका छन् । साथै यस चालु आर्थिक वर्षमा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*