नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयर लिलामीमा, ४२५ र ७०० रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

५ श्रावण २०७९, बिहीबार १०:५२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ ।

एनआईसी एशिया बैंकले ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर र नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख ९७ हजार ९२१ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको हो ।

एनआइसी एशियाले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ र नेपाल लाइफले ७०० रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

यी दुबै कम्पनीको शेयरमा आवेदन दिदा न्यूनतम १ हजार कित्ता देखि अधिकतम सबै कित्ताका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संस्थाले साउन १९ गतेभित्र विक्री प्रबन्धक ग्लोबल आइएमई क्पापिटल लिमिटेड नक्सालमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*