नेपाल लाइफको सिईओमा प्रविणरमण पराजुली नियुक्त, आजैबाट सम्हाले कार्यभार

४ श्रावण २०७९, बुधबार १८:४९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बागडोर आजबाट प्रविणरमण पराजुलीले सम्हालेका छन् । बीमा समितिले नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीको नियुक्तिलाई स्वीकृति दिएसँगै उनले आजैबाट कार्यभार सम्हालेका छन् । आजैबाट लागु हुने गरी चार वर्षको लागि पराजुली देशकै ठूलो बीमा कम्पनीको सिईओ नियुक्त भएका हुन् ।

कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो । बीमा समितिबाट स्वीकृत पाएसँगै नेपाल लाइफमा सिईओ नियुक्ती प्रक्रियmा पूरा भएको छ । गत वर्ष कार्तिक २२ मा तत्कालिन सिईओ सन्तोष प्रसाईले राजिनामा दिएपछि नेपाल लाइफमा सिईओ पद रिक्त थियो ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा चार वर्षे कार्यकाल पुरा गरेर गत पुस १४ गतेदेखि बाहिरिएका पराजुली देशकै ठूलो बीमा कम्पनीमा सिईओ नियुक्त भएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पराजुली रिलायन्स लाइफमा चार वर्षसम्ममा सिईओ भएर काम गरिसकेका छन् । सन् २००२ बाट डाबर नेपालबाट करिअर सुरु गरेका पराजुलीले सन् २००३ मा एनएमबी बैंकमा काम गरेका थिए । देशकै प्रतिष्ठित नबिल बैंकमा प्रवेश गरेपछि नबिल मर्चेन्ट बैंकिङमा सिईओको भूमिका निर्वाह गरिसकेका पराजुली मर्चेन्ट बैंकर एशोसिएशनको अध्यक्ष भइसकेका छन् ।

सिईओको कार्यभार सम्हालेपछि पराजुलीले बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता जनाउँदै कर्मचारी र बीमा अभिकर्तासँग हातेमालो गरेर अघि बढ्ने लगानीकर्तालाई उच्चतम् प्रतिफल दिने प्रतिबद्धता जनाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*