नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

४ श्रावण २०७९, बुधबार १०:३१

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको ऋणपत्रमा आज (साउन ४ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ ।

बैंकले ५ वर्षे अवधिको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ नामक ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् ।

सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*