निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने संसदीय विशेष समितिको निर्णय, भोलि संसद्‌मा बयान दिँदै

३ श्रावण २०७९, मंगलवार २१:१३

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष समितिले बयान लिने भएको छ । संसदीय विशेष समितिले बयान लिने भएसँगै निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बयान दिनुपर्ने भएको हो । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न बनेको विशेष समितिले यस्तो निर्णय गरेको हो ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले गैर कानुनी रुपमा बजेट निर्माणमा बाहिरी व्यक्ति समावेश गरेको आरोपमा संसदीय समिति गठन भएसँगै गत असार अन्तिम साता राजिनामा दिएका थिए । शर्माले आरोप प्रमाणित हुने नसके पुनः अर्थमन्त्री बनेरै छोड्ने अडान माओवादी केन्द्रभित्र लिँदै आएका छन् ।

स्रोतका अनुसार शर्मालाई भोलि विशेष समितिको कार्यालय सिंहदरवारमा बोलाइनेछ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा छानविन समितिले आफूलाई चोख्याउने र बिहिवारपछि कुनै पनि अर्थमन्त्रालयमा फर्कने भनेर पुल्चोकस्थित मन्त्री क्वाटरमा तम्तयारी अवस्थामा बसेका छन् । पुनः अर्थमन्त्री बन्न तयार भएर बसेका बेला जनार्दन शर्मालार्ई विशेष समितिले बयानका लागि बोलाउन लागेको हो । उनलाई विशेष समितिका सांसदहरुले तोकिएको कार्यक्षेत्र भित्र (जेठ १४ को घटना) सम्बन्धमा सोधपुछ गर्नेछन् ।

यसैबीच, समाचार लेख्ने पत्रकारलाई समेत समितिले बोलाएर सोधपुछ गर्ने भएको छ । घटनाको सम्बन्धमा र समाचारका सम्बन्धमा पत्रकारसँग भएका सूचनाहरु लिएर प्रतिवेदन बलियो बनाउन सोधपुछ गर्न लागिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*